धरान: धरान १६ गैरी टोलका ८१ बर्षिय चन्द्रबहादुर सुनुवार गिट्टी कुटेर बसिरहेका थिए । सर्दुमा कति पानी बगेर गए, वसन्तले कति नयाँ पालुवा फेरे, तर चन्द्रबहादुरको नियती उस्तै छ ।

उनलाई चुनावको बेला यो गर्छु र त्यो गर्छु भन्दै भोट माग्न विगतमा पार्टीहरु नआएका होइनन् । तर, जितेर गएकाहरुको दैनिकी फेरियो, चन्द्रबहादुरको अहिले पनि उस्तै छ । आज मंगलबार नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार तिलक राई उनी गिटी कुट्दै गरेको ठाउँमा पुगे, र आर्शिवाद मागे । भावुक हुदै वृद्ध चन्द्रबहादुरले पनि खुशी हुदै यसपाली आफुले मत फेर्ने इच्छा प्रकट गरे । उनले भने,‘भोट सधै दिएकै हो, केही गरेनन् । नगर्नेलाई होइन, गर्ने पार्टीलाई यसपाली भोट दिन्छुँ ।’

कांग्रेस उम्मेदवार राईले सधै कम्युनिष्टले जितेको धरानमा गरिब, सुकुम्बासीहरुको लागि केही पनि नगरेकोले यसपाली कांग्रेसलाई भोट दिन आग्रह गरे । उनले भने,'तपाईहरुले सधै कम्युनिष्टलाई भोट दिएर जिताउनुभयो, तर, तपाईको लागि के गर्यो ? यसपाली कांग्रेसलाई दिएर हेर्नुस्, हामी गरेर देखाउछौं ।'

tilak2