धरान: धरानमा उपचुनाब नजिदै गर्दा समाजवादी पार्टीले पनि भेटघाट तीब्र बनाएको छ ।

समाजवादीबाट भूपू गोर्खा सैनिक गजेन्द्र इस्बो मेयर पदमा उम्मेदवार छन् । समाजवादी पार्टीले आज धरानका भुपु गोर्खा सैनिकहरुसँग इस्बोले भेटघाट गरेका थिए । भेटघाटमा उम्मेदवार इस्वोले अब गोर्खा सैनिकहरुको पनि राजनैतिक चेतना उठ्नु पर्नेमा जोड दिएका थिए । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिद्धारा धरान १० स्थित सैनिक भवनमा गरेको थियो ।

गोर्खा भू.पू.हरुको चेतनाको विकास गर्ने क्रममा आफुले पनि आगामी उपनिर्वाचनमा उम्मेद्वारी दिएको बताए । उनले अस्तित्व र पहिचानको रक्षा गर्दै पहिचानवादीहरुको पक्षमा आफ्नो उम्मेद्वारी रहेको जिकिर पनि गरे । यस्तै, धरान ८ मा गोर्खा, भारतीय र नेपाली भूपू सैनिकहरुले आयोजना गरेको कार्यक्रममा पनि उनले भूपूहरुले जनआन्दोलन २ मा महत्त्वपूर्ण भूमिका खेलेको बताउदै पुनः पहिचानका पक्षधरहरु एक हुनुको विकल्प नरहेको बताए ।