धरान : विगत केही वर्षदेखि होटेल म्यानेजमेन्ट क्षेत्रमा दक्ष जनशक्ती उत्पादन गर्दै आएको ह्वाईट हाउस कलेजले एउटा नयाँ फडको मारेको छ ।

ह्वाईट हाउसले अहिले बेलायतको ओथम क्वालिफिकेसनको नेपालको लागि आधिकारिक रुपमा सम्बन्धन वितरण गर्ने संस्थाको रूपमा मान्यता प्राप्त गरेको छ । ईन्टरनेशनल डिप्लोमा ईन कुलनरी आर्ट्सको लेभल तिन र चार त्यसैगरी ईन्टरनेशनल डिप्लोमा ईन होटल म्यानेजमेन्ट लेभल तीन र चारको लागि ओथम क्वालिफिकेसन, युकेको कोर्समा विगत तीन बर्षदेखि कक्षा सञ्चालन गर्दै आएको छ । यस कलेजले यहि ४ वटा बिषयका लागि आधिकारिक रुपमा सम्बन्धन बितरण गर्न सक्नेछ । नेपालमा भएका संस्थाहरुले उक्त बिषयमा आधिकारिक रुपमा ओथम क्वालिफिकेसन, युकेको सम्बन्धन लिन चाहेमा ह्वाईट हाउस धरानले उक्त सम्बन्धन उपलब्ध गराउन सक्ने छ ।

white-haouse

यो भन्दा अगाडि ह्वाईट हाउस धरान लगायत नेपालका अन्य धेरै संस्थाले भारतको दिल्ली अवस्थित म्याट्रीक्स इन्फोसिस अन्तर्गत ओथम क्वालिफिकेसन, युकेको कोर्सहरु सन्चालन गर्दै आएको थियो ।

अब भारतको त्यो संस्थाले उपलब्ध गराउदै आएको त्यो सम्पुर्ण सुबिधा ह्वाईट हाउसले नै उपलब्ध गराउने भएको छ । भारतको संस्थाबाट सम्बन्धन लिदा, सम्बन्धन शुल्क तथा विद्यार्थी दर्ता शुल्क महङ्गो पर्ने तथा अन्य प्रक्रिया गर्दा भारतबाट असहज हुने भएकोले गर्दा नै हामी बेलायतसंग प्रत्यक्ष रुपमा जोडिन बाध्य भएको ह्वाईट हाउसका सिईओ अरुण कुमार प्रधानले बताए ।

उनले भने, ‘तर जे भयो राम्रो भयो, अब नेपालमा यो कोर्स संचालन गर्न चाहनेहरुले सजिलोसँग हामीसंग जोडिएर ओथम क्वालिफिकेसन, युकेको कोर्सहरु सन्चालन गर्न सक्नेछन् ।’

प्राविधिक शिक्षा अन्तर्गत पढाईने यो कोर्समा एसईई दिएकाले लेभल तीन र प्लस टु गरेकाले लेभल चारमा अध्यन गर्न पाउनेछन् । छ महिनाको अध्यन पछि चाईना लगायत अन्य तेस्रो मुलुकका उत्कृष्ट पाँच तारे होटलमा छ महिना देखि एकबर्ष सम्म ईन्टनशिप, त्यस पश्चात् रोजगारिको अवसर प्राप्त गर्नेछन् । यदि ओथम क्वालिफिकेसन अध्ययन गरेका विद्यार्थीहरुले विदेशमा नै रहेर एड्भान्स डिप्लोमा तथा बिएचएम अध्ययन गर्न चाहेमा सजिलैसंग अध्यनको अवसर पनि प्राप्त गर्न सक्ने छन् ।

बेलायतको डिग्री अनुसार ओथम क्वालिफिकेसनको लेभल तीन गरेका विद्यार्थीहरुले युके डिग्रीको पहिलो बर्ष को प्रवेस कोर्स, लेभल चार गरेको विद्यार्थीहरुलाई तीन बर्षे ब्याचलर डिग्रीको पहिलो बर्षको कोर्स, लेभल पाँच गरेको विद्यार्थीहरुलाई उक्त ब्याचलर डिग्रीको दोस्रो बर्ष को कोर्स, लेभल छ गरेका विद्यार्थीहरुले युकेको ब्यचलर डिग्रीको मान्यता प्राप्त गर्ने छन् । यसैगरी लेभल सात गरेका विद्यार्थीहरुले युकेको मास्टर डिग्रीको मान्यता प्राप्त गर्ने छन् ।

तर नेपालमा लेभल तीन र चार गरेका विद्यार्थीहरुले बिश्वका कुनै पनि पाच तारे होटलमा रोजगार को अवसर प्राप्त गर्ने छन् । अहिलेको शिक्षा पद्धतिमा प्राविधिक शिक्षाको एकदमै महत्वपूर्ण भुमिका रहेको र कुनै पनि बिषयमा प्राविधिक शिक्षा पाएका व्यक्तिहरुले कुनै पनि राष्ट्रमा गएर सजिलैसंग रोजगारिको अवसर प्राप्त गर्न सकिने कुरा सिईओ प्रधानले बताए । सिटिईभिटिबाट पनि सम्बन्धन प्राप्त यश संस्थाले आफ्ना विद्यार्थीहरुलाई स्किल टेस्ट गराई लेभल एक र दुईको सिटिईभिटिको प्रमाणपत्र पनि उपलब्ध गराउदै आएको छ । धरान, ईटहरी, धनकुटा, धनगढी, बुटवल, दाङ, काठमाडौ, चितवन, बिराटनगरमा सञ्चालन भएको ओथम क्वालिफिकेसनको सेन्टरहरु आगामी दिनमा नेपालका अन्य धेरै शहरहरुमा पनि छिट्टै संचालन गर्न लागिएको सिईओ प्रधानले जानकारी दिए ।