धरान :  धरान ११ मा रहेको स्वतन्त्र युवा समाजले मङलवार आयोजना गरेको रक्तदानमा ३० पिन्ट रगत संकलन भएको छ । यसै बर्ष सामाजिक संस्थाको रुपमा स्थापना भएको युवाहरुको समुहले युवाहरुलाइ सकरात्मक सोचमा ब्यस्त बनाउन रक्तदान कार्यक्रम गरिएको समाजका संयोजक अमृत वरुमहाङले बताए ।

वडाको हिमालयन चौकमा धरानका करिब ४ सय युबा संगठित बनेर समाजको स्थापना गरेका थिए ।