विराटनगर: फेस अफ मारवडी किड्स २०१९ को फाइनलमा ४५ जना प्रतियोगी छानिएका छन् ।

यही मंसिर २२ गते विराटनगरस्थित जैन भवनमा प्रतियोगिताको फाइनल हुदैछ । मारवाडी युवा मञ्च विराटनगर र पेज ३ को संयुक्त आयोजना यो प्रतियोगिता हुन लागेको हो । फाइलन ४ देखि १४ वर्षका बालवालिकाहरू छानिएको मारवाडी युवा मञ्चका अध्यक्ष गोपाल अग्रवालले जानकारी दिए । फाइनलमा पुगेका प्रतियोगिहरू विराटनगर, इटहरी, धरानलगायतका सहरबाट सहभागी छन् ।

फाइनलमा पुगेका प्रतियोगिहरूलाई विभिन्न क्षेत्रका विज्ञहरूलाई प्रशिक्षण दिदै आएको अध्यक्ष अग्रवालले बताए । मारवाडी बालवालिकाहरूमा भएको प्रतिभा उजार गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गराउने र समाज निमार्णमा उल्लेखनीय योगदान पु¥याउने उद्देश्य रहेको पनि अध्यक्ष अग्रवालले जानकारी दिए । विराटनगरमा हुने फाइनल भव्य र सभ्य तरिकाले हुने उनले बताए । ‘विराटनगरमा लामो समयपछि फेस अफ मारवडी किड्स हुन लागेको हो,’अध्यक्ष अग्रवालले भने,‘यो प्रतियोगिता निष्पक्ष र भव्य तरिकाले हुनेछ ।’ मारवाडी युवा मञ्चले आयोजना गरिएको फेस अफ मारवाडी किड्स पहिलो हो ।