धरान: धरान १० मा रहेको उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ८ औ वार्षिक उत्सवको अवसर पारेर तेश्रो रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बुधबार धरानको भानुचोकको लोकतान्त्रिक चातारीमा बिहान ७ बजेदेखि १२ बजेसम्म भएको रक्तदान कार्यक्रममा ७१ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापाको प्रमुख आतिथ्यमा भएको थियो । अध्यक्ष थापाले संस्थाको वार्षिक उत्सवमा हरेक वर्ष रक्तदानलाई निरन्तरता दिन आग्रह गरे । दशैं तिहारमा धरानको विपी अस्पतालमा रत्त अभाव भएको स्मरण गर्दै यसरी हरेक संस्थाहरूले निरन्तर रूपमा रक्तदान कार्यक्रम आयोजना गरे रगत अभावमा कसैको ज्यान गुमाउनु नपर्ने समेत उनले खुलाए ।

udhamsil1

वार्षिक उत्सवको अवसरमा नै रक्तदान पश्चान उधमशिलको कार्यालयमा केक काटेर सबै कर्मचारीहरूसंग शुभकामना आदानप्रदान गरीएको थियो । केकलाई साकोसका अध्यक्ष डा. योगेन्द्र राई र प्रबन्धक जितबहादुर राउतले काटेका थिए । कार्यक्रममा सानिमा लाईफ इन्स्योरेन्सका म्यानेजर महेन्द्र राई, दर्पण सेकुरिटीका निर्देशक जुद्ध लोहनी, सेकुरिटीका संचालक तारालाल विक, रोशन ठटाल र राजु नेपाली लगायतको उपस्थिती रहेको थियो ।