भोजपुर : अज्ञात समूहले भोजपुरको षडानन्द नगरपालिकाकी एक महिलाको दुवै स्तनको टुप्पो(निप्पल) काटिदिएको छ ।

खोलामा लुगाकपडा धुन गएकी ती महिलाको मकुण्डोधारी अज्ञात समूहले स्तनको टुप्पो(निप्पल) काटेर भागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । कपडा धोइरहेकी महिलालाई जबर्जस्ती नियन्त्रणमा लिएर स्तनको टुप्पो(निप्पल) काटी गम्भीर घाइते बनाएर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए । घाइते महिलाको दिङ्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले जनाएको छ । -खबरहब डटकम