पथरी: मोरङ्गको पथरीमा बरिष्ठ चित्रकार एवम् कला समिक्षक मुकेश मल्ललाई सम्मान गरिएको छ ।

एभरेष्ट आर्ट फ्यूजनको मुख्यआयोजना र सीएम कन्दङ्वा स्मृति कोषको सहआयोजनामा सञ्चालित सृजना चौतारीको १४ औं श्रृंखला कार्यक्रममा मल्ललाई सम्मान गरिएको हो । पथरीशनिश्चरे नगरका नगरप्रमुख दिलिप कुमार राईले मल्ललाई सम्मान गरेका थिए । यस्तै सोही समारोहमा पथरीशनिश्चरेको पाथीभारा वालन समुह र पिपलचौक संगीनी समुहलाई पनि सम्मान गरिएको छ । नेपाली मौलिक नृत्य संगीनी र वालन संरक्षण गरेको भन्दै सम्मानित गरिएको हो ।

कार्यक्रममा नगरका पुराना लोक गायक वीरध्वज शिवाले गीत प्रस्तुत गरेको कार्यक्रममा दमक झापाका प्रकाश आङ्देम्बे र पथरीशनिश्चरेका भूपेन्द्रराज तिम्सिनाले गजल, बेलबारीकी ढाकाकुमारी पराजुली र पथरीशनिश्चरेका रोहित पराईले कविता प्रस्तुत गरेका थिए ।