धरान: मंसिर १४ गतेको उपनिर्वाचनमा मतदान भएर परिणाम आउन बाँकी नै छ, तर बुधबार नेकपाका शीर्ष नेताहरुले भने धरानको उपनिर्वाचनमा आफ्नो पार्टीको जित भइसकेको र औपचारिक घोषणा हुन मात्र बाँकी रहेको उद्घोष गरेका छन् ।

धरानको भानुचोकमा आयोजित चुनावी जनसभामा सम्बोधन गर्दै नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामा जनताको उत्साहजनक सहभागिता देखेपछि विपक्षीहरुले फैलाएको हल्ला र भ्रम तोडिएको बताए । उनले देशभरको चुनावमा ८० प्रतिशत जित अहिल्यै सुनिश्चित भइसकेको भन्दै धरानमा पनि प्रकाश राईको विजय औपचारिकरुपमा घोषणा हुन मात्र बाँकी रहेको बताए । ‘मुलुकभर ८० प्रतिशत बढी नेकपाको जित सुनिश्चित भइसकेको छ । धरान आउनुअघि विभिन्न हल्ला सुनेका थिएँ, तर यहाँ आएपछि जनमास देखेर ढुक्क भए । म नआएको भए पनि हुनेथिएछ भन्ने महसुस गरे,’अध्यक्ष प्रचण्डले भने,‘तपाईहरुले प्रकाश राईलाई जिताइसक्नु भयो, चुनाव जितिसक्यांै, अब घोषणा हुन मात्र बाँकी छ ।’

अध्यक्ष दाहालले धरानको विकास र समृद्धिको लागि केन्द्रबाट आफुले सक्दो सहयोग गर्ने पनि वचन दिएका छन् । ‘धरानमा नेकपालाई अत्यधिक बहुमतले बिजयी गराउँनुहोस्, यहाँको आवश्यकता पुरा गर्नका लागि केन्द्रबाट मेरो भरपुर सहयोग हुनेछ,’उनले भने ।

झुटो बोलिरहे कांग्रेस सिद्धिन्छ

nekapa-3 3

नेकपा अध्यक्ष दाहालले नेपाली कांग्रेसले झुटो बोलेर जनतलाई झुक्याइरहेको र उसको कार्यशैली, व्यवहार नफेरिए अस्तित्व नै लोप भएर जाने कडा टिप्पणी पनि गरे । दाहालले अझै पनि जनतासामु कांग्रेसले झुट बोल्न नछोडे म्युजियममा राख्ने वस्तुमा कांग्रेस परिणत हुने उनले बताए । ‘कांग्रेसले झुट पनि कति बोल्न सकेको ? जति झुट बोल्छ, उति हाम्रो भोट बढ्छ,’अध्यक्ष दाहालले भने,‘यसरी नै झुट बोलिरहने हो भने कांग्रेस इतिहासको वस्तु हुन बेर छैन । नेपाली कांग्रेस पार्टी थियो रे भन्ने अवस्था आउन बेर छैन ।’

भारतले नेपाली भुमि मिचेर नक्सा निकालेको बिषयमा प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेको र त्यो बैठकमा कांग्रेस सभापतिले प्रधानमन्त्रीलाई धन्यवाद पनि दिएको प्रसंग निकाल्दै अध्यक्ष दाहालले पोखरामा भने सरकार र प्रधानमन्त्रीले केही गरेन भन्दै गाली गरेर जनतालाई ढाटेर भ्रम छरेको बताए । उनले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, शान्ति प्रक्रिया, संविधानसभा र संविधान निर्माणको सहयात्री दल भएकोले कांग्रेसको अस्तित्व नामेट होस भन्ने आफुले नचाहेको पनि बताए ।

जनजाति, महिला, दलित र मधेशी प्रधानमन्त्री हुन्छन्

nekapa5

कम्युनिष्टकै पहल र नेतृत्वमा समावेशी लोकतन्त्र, समानुपातिक समावेशितालगायत स्थापित भएको र महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधिश नेपालले पाएको अध्यक्ष दाहालले बताए । उनले अब नेपालमा जनजाति प्रधानमन्त्री, दलित प्रधानमन्त्री, मधेशी, महिला प्रधानमन्त्री पनि कम्युनिष्ट पार्टीकै प्रस्तावमा हुने ठोकुवा गरे । उनले भने,‘समावेशी मान्यता वमोजिम जनजाति प्रधानमन्त्री, मधेशी प्रधानमन्त्री, दलित प्रधानमन्त्री पनि बनाएरै छोड्छौं । त्यो काम हाम्रो पार्टीको प्रस्तावमा हुन्छ ।’

भ्रष्टचार बढेको होइन, कारबाही शुरु भएको हो: नेम्बाङ

नेकपा स्थायी कमिटि सदस्य तथा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले कांग्रेसले भ्रष्टचार बढेको आरोप लगाए पनि अहिले भ्रष्टचार बढेको नभै भ्रष्टचारीहरुलाई कारबाही चै शुरु भएको बताएका छन् ।
सभालाई सम्बोधन गर्दै नेता नेम्बाङले नेकपाले भ्रष्टचारलाई नसहने र सरकारले पनि कारबाही गर्न शुरु गरेको बताए । ‘नेकपाले भ्रष्टचारलाई सहदैन, नेकपा नेतृत्वको सरकारले पनि भ्रष्टचारीलाई छोड्दैन, सरकारले कारबाही हुन्छ भन्यो, र अहिले धमाधम भ्रष्टचारी कारबाही हुन थालेका छन्,’नेता नेम्बाङले भने,‘तर हाम्रा साथीहरु भ्रष्टचार बढ्यो भन्दैछन् । बढेको होइन, कारबाही चै शुरु भएको हो ।’उनले पनि चुनाव प्रकाश राईले जितिसकेको उद्घोष गर्दै विजयी र्यालीमा आउन नपाउने भन्दै अहिले नै बधाई दिएका थिए ।

nekapa-subash

अर्का स्थायी कमिटी सदस्य तथा १ नं प्रदेश इञ्चार्ज भीम आचार्यले २०४६ सालको परिर्वतन पछि पटक पटक बहुमतको सरकार बनाए पनि मुलुकको विकास र समृद्धि गर्नुको साटो उद्योग, कलकारखानाहरुलाई निजीकरणको नाममा धरासायी बनाएर जग्गा दलाल, माफियाको कब्जामा पुर्याएको बताए । अहिले नेकपा नेतृत्वको सरकारले विजुली, सडक, खानेपानी, सिचाईलगायत थुप्रै आयोजनाहरु शुरुवात गरेको पनि बताए ।
सभालाई प्रतिनिधिसभा सदस्य सांसद जयकुमार राई, प्रदेश सांसद उमिता बराइली, जिल्ला सचिव तथा निर्वाचन परिचालन मुल समिति संयोजक रमेश बस्नेत, जिल्ला सदस्य पदम इस्वोलगायतले पनि सम्बोधन गरेका थिए ।

IMG_0967 nekapa 7 pic