धरान: वडा नं १ र ७ को मात्र मतपरिणाम आउन बाँकी रहदा धरानको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईको जित सुनिश्चित भएको छ ।

अहिले वडा न. १ र ७ को मतगणना भइरहेको छ । बाँकी सबै वडाको मतपरिणाम आउदा कांग्रेस उम्मेदवार तिलक राई १६३७ मतले अगाडि छन् । गणना भइरहेको वडामा पनि कांग्रेसको राम्रो मत देखिएको छ । अहिलेसम्म नेपाली कांग्रेसले २४ हजार ६ सय ५१ र २३ हजार १४ मत पाएको छ ।

पछिल्लो मतगणना अनुसार वडा नं २ मा कांग्रेसले ८ सय ९३ मत पाएको छ भने नेकपाले ४ सय १७ मत पाएको छ । यस्तै, वडा नं ३ मा कांग्रेसले १ हजार ९१ र नेकपाले ७ सय ९ मत पाएको छ । यसैगरि, वडा नं ५ मा नेकपाले १ हजार ८ सय ८० मत ल्यायो भने कांग्रेसले १ हजार ३ सय ५६ मत पाएको छ ।