काठमाडौं : बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग विवाह गरेको आज एक वर्ष पूरा भएको छ । पहिलो वर्षगाँठमा प्रियंका र निकले सोसल मिडियामा एक अर्कालाई शुभकामना आदनप्रदान गरेका छन् ।

प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफू दुलही भएको फोटो पोष्ट गर्दै लेखिन्, ‘मेरो वचन.. त्यतिबेला..आज...सधैंका लागि । तिमीले मलाई आनन्द, सन्तुलन, उत्साह, जोश...सबै कुरा एकैपटक दियौ । मलाई खोजेकोमा धन्यवाद । पहिलो वर्षगाँठको शुभकामना श्रीमान् । साथै, हरेक ती व्यक्तिलाई धन्यवाद जसले हामीलाई प्रेम र आशिर्वाद दिनुभयो । हामी अत्याधिक खुसी छौं ।’

मनैदेखि प्रेम गर्छु तिमीलाई

निक जोनसले पनि आफ्नो सोसल मिडिया अकाउन्टमा क्रिश्चियन वेडिङको तस्बिर सेयर गरेकी छिन् । साथै उनले लेखेका छन्, ‘एक वर्षअघि हामी सधैंका लागि एक अर्काको भयौं । म तिमीलाई मनैदेखि प्रेम गर्छु प्रियंका, विवाहको वर्षगाँठको शुभकामना ।’ प्रियंका चोपडालाई माराकेच इन्टरनेशनल फिल्म फेस्टिबलले उनको उपलब्धिलाई सम्मानित गर्ने घोषणा गरेका छ । यो सम्मान ऐतिहासिक स्थल जेमा एल फना स्क्वायरमा दिइनेछ । कुनै भारतीय सेलिब्रिटीलाई उक्त फेस्टिबलमा व्यक्तिगत रुपमा सम्मानित गरिएको यो पहिलो घटना हुनेछ । यस्तै निक जोनर र जोनस ब्रदर्सको गीत ‘सकर फर यू’ पनि ग्रामी अवार्डस् २०१९ को क्याटगरी विशेषमा नोमिनेट भएको छ ।