काठमाडौं : नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सीमा विवादका विषयमा वार्ता गर्न विशेष दूतका रूपमा भारत जान लागेका छन् ।

प्रधानमन्त्री केपी ओलीको आग्रहपछि नेता नेपालले विशेष दूतका रूपमा दिल्ली जाने तयारी गरेका हुन । तर भारतीय पक्षबाट जानकारी नआएकाले टुंगो नलागेको नेता नेपालले बताए । नेकपा सचिवालय बैठकमा बुधबार पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफू प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा सरकारको विशेष दूत बनेर दिल्ली जान लागेको जानकारी दिएका थिए ।

‘प्रधानमन्त्री ओलीले १५-२० दिनअगाडि मलाई सरकारको प्रतिनिधिका रूपमा दिल्ली जानुहास्, मोदीजीसँग कुरा गरेर आउनुहोस् भन्नुभएको थियो । मैले हुन्छ भनें । परराष्ट्र मन्त्रालयले प्रयास गरिरहेकै छ । मैले पनि भारतीय राजदूतसँग छलफल गरे । उताबाट कुनै जानकारी नआएकाले टुंगो लागेको छैन’, बैठकमा नेपाललाई उधृत गर्दै सचिवालयका एक सदस्यले भने । -अन्नपूर्ण पोष्ट दैनिकबाट