धरान: कामना सेवा विकास बैंकले धरानका विभिन्न तीन विद्यालयलाई स्वास्थ्य सचेतना तथा स्वास्थ्य सामग्री विरतण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ती विद्यालयहरुलाई सामग्री वितरण गरेको हो । बैंकका शाखा प्रमुख राम साम्पांगका अनुसार धरान १३ स्थित पब्लिक माबि, सत्यसाई स्कुल र अमर आधारभूत बिद्यालयमा सामग्री वितरण गरिएको हो ।

उनले ती विद्यालयहरुमा ५ कक्षासम्म अध्ययनरत करिब ४ सय ३५ विद्यार्थीहरुलाई स्वास्थ्य सचेतना तथा स्वास्थ्य सामाग्री बितरण गरिएको जानकारी दिए । वडा न. १३ का अध्यक्ष नेत्र काफ्लेको बिशेष आतिथ्यमा कार्यक्रम भएको थियो ।

kamana-bank3