काठमाडौं: नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालकी खेलाडी गौरिका सिंहले नयाँ किर्तिमान कायम गरेकी छिन् ।

उनले एउटै सँस्करणमा ३ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको किर्तिमान बनाएकी हुन् । सिंहले आज पौडी खेल अन्तर्गत ४ सय मिटर फ्रि स्टाइलमा स्वर्ण पदक जितेर एउटै सँस्करणमा ३ स्वर्ण पुर्याइन् ।सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार भएको खेलमा उनले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्। विजयी गौरिकाले ४ मिनेट २५ दशमलव २८ सेकेन्ड लगाइन्।

गौरिकाले यसअघि जारी प्रतियोगितामा दुई स्वर्ण र एक रजत जितिसकेकी छिन्। उनले दुई सय मिटर फ्रिस्टाइल र दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् ।

gaurika-swim