धरान: मिस पुर्वाञ्चल २०१९ का प्रतिस्पर्धीहरुले धरानको वडा नं ६ को पानवारी स्थित आसरा सुधार केन्द्रमा सोमबार अवलोकन गरेका छन् ।

दुव्र्यसनमा लागेकाहरुलाई सुधार्न स्थानीयको सहयोगमा स्थापना गरिएको आसरामा उपचारको लागि आएका पुर्व दुव्र्यसनीहरुसंग साक्षात्कार गरेका थिए । उनीहरुले मिस पुर्वान्चलमा प्रतिस्प्रधिहरुलाई जितको शुभकामना दिएका थिए । प्रतिस्प्रर्धीहरुको तर्पmबाट सुष्मिता बराइलीले सुधार केन्द्र आफुले सोचेभन्दा धेरै फरक पाएको बताइन् । मिस पूर्वान्चलका प्रतिस्प्रर्धीहरुलाई आसराको काउन्सिलर तथा साइकोलोजिस्ट टिकाराम सिग्देलले लागुपदार्थको दुरुपयोग सम्बन्धी अभिमुखीकारण गरेका थिए ।

प्रतिस्प्रधीहरुले समेत आफ्नो घर छिमेकका र आफै बिच घटेका विभिन्न यस संग सम्बन्धित कुराहरु गर्दै विभिन्न जिज्ञाशा राखेका थिए । आसरा प्रमुख रामजी कटुवालले प्रतिष्प्रर्धीहरुको प्रश्नको उत्तर दिदै भबिष्यमा महिला तथा बालबालिका दुव्र्यसनीहरुलाई सुधार्नको लागि एउटा छुट्टै भवन निर्माणको लागि समेत पहल भैरहेको जानकारी दिए ।

IMG_9422

आसराको इ लाइब्रेरी निर्माणको लागि मिस पुर्वान्चल २०१९ बाट केही सहयोग समेत गरिने आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ । मिस पुर्वान्चल २०१६ मा समेत टिकट बाट उठेको रकमबाट एउटा कोठा निर्माणमा सहयोग गरिएको थियो । त्यस्तै सोमबार नै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा औजार दैनिकका सम्पादक भिम राई ज्वालाले सडक सुरक्षा र चुनौती सम्बन्धि क्लास दिएका थिए । आगामी पौष ५ गते सिल्भर इन्टर टेनमेन्ट को आयोजनामा हुने कार्यक्रमको लागि अहिले दैनिक बिभिन्न बिज्ञहरुबाट क्लास तथा प्रशिक्षण भैरहेको छ ।