काठमाडौं : नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेको छ ।

१३ औं साग अन्तर्गत सोमबार स्वर्णका लागि भारतसँग भएको फाइनल खेलमा नेपाल २० गोल अन्तरले पराजित बनेपछि खड्काले राजीनामा घोषणा गरेको हो । सागमा आफूले सम्हालेको टिमले पराजय व्यहोरेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने भन्दै नैतिकताको आधारमा राजीनामा दिने उनले बताए । यसअघि लिग चरणको खेलमा पनि नेपाली महिला फुटबल टोली भारतसँग १ ० गोलले पराजित भएको थियो । खड्का प्रशिक्षक हुँदा नेपाल र भारतबीच ५ वटा खेल भएको थियो । जसमा ३ खेल भारतले र १ खेल नेपालले जितेको थियो भने १ बारबारीमा टुंगिएको थियो ।