झापा: झापाको कन्काई नगरपालिका ४ स्थित पुर्ब पश्चिम राजमार्गको कोटीहोमस्थित ट्रक र कारसंग मोटरसाईकल ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ ।

आज बिहान ६ बजेको समयमा सडकको छेउमा रोकी राखेको ना ५ ख ७६६० नम्बरको ट्रकमा ठोकिएर मोटरसाइकल चालक २३ बर्षीय किशन साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बि एण्ड सि अस्पताल विर्तामोड पुर्याइए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।

पश्चिमबाट पूर्बतर्फ आउँदै गरेको को ३९ प ७५४ नम्बरको मोटरसाईकल ट्रकको पछाडी आफै ठोकिएर उछिटिदा साह गम्भीर घाइते भएका थिए । मोटरसाईकल चालक साह मोरङको अमरदह नगरपालिक २ का बासिन्दा हुन् । ट्रक, ट्रक चालक, कार र कार चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।