ओखलढुङगा: ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका ८ भुसिङगाका ८५ बर्षीय लोकसन शेर्पाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ ।

स्थानीय गम्बु शेर्पाको घरमा डेरा गरी बस्ने शेर्पा २२ गते राती अगेना छेउमा आगो तापेर सुत्ने क्रममा अचानक शरीरमा आगो सल्किएर घाईते भएका थिए । घटनाबारे जानाकरी पाउनासाथ प्रहरी चौकी रावदोलुबाट प्रहरीको टोली खटिएको थियो । घाईते शेर्पालाई उपचारको लागी सदरमुकामतर्फ ल्याउने क्रममा सोमबार साँझ साढे ५ बजेको समयमा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।