झापा: झापाको दमक नगरपालिका १ का किरण थापाको २ बर्षीय छोरा आयुस घर नजिक रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।

सोमबार दिउँसो साढे ४ बजे पोखरीमा पानीमा डुबीरहेको अवस्थामा आफन्तले फेला पारेको थियो । उनलाई तत्काल उपचारको लागी लाईफ लाईन अस्पताल दमक पुर्याए पनि डाक्टरले मृत घोषणा गरेका थिए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रकृया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।