विराटनगर: सिमेन्टहरुको भीडमा बन्धन सिमेन्टले छोटो समयमा अलग्गै पहिचान बनाउन सफल भएको छ।

स्तरीय सामाग्री, चुस्त दुरुस्त सेवा र उपहार योजनाले गर्दा ग्राहकहरुको मन पनि जित्दै गएको छ । नेपाल सरकारबाट नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले बन्धन सिमेन्ट उत्पादन गर्दै आएको छ । यो सिमेन्ट मजबुती र वातावरणमैत्री पनि छ । सिमेन्टको बजार व्यवस्थापन पनि उत्कृष्ट छ ।

ग्राहकहरुले प्रत्येक ३० बोरा सिमेन्टको खरिदमा एउटा स्क्रयाच कुपन पाउने गर्छन् । स्क्रयाच कुपनबाट ग्राहकहरुले तीन चरणमा उपहार पाउने गरेका छन् । पहिलो चरणमा तत्काल हात खाली नजाने गरी करोडौँ रुपैयासम्म नगद, सयौं तोला चाँदी, १९० लिटरको हाइसेन्सको फ्रिज, ५५ इन्चको एलइडी स्मार्ट टिभीलगायतका उपहार पाउने कम्पनिले जानकारी दिएको छ ।

यस्तै, दोस्रो चरणमा कुपनमा लेखिएको कोडलाई ३३००१ नम्बरमा म्यासेज गरी लक्की ड्रमा समेत सहभागी गराउन सकिनेछ । यसरी दर्ता गरिएका कोडहरु मध्येबाट साप्ताहिक लक्की ड्रमार्फत् एक जनाले हिरो प्लेजर स्कुटर उपहार पाउन सक्नेछन् । यसैगरि, तेस्रो चरणमा सोही कुपन बम्पर उपहारमा समेत समावेश गरिनेछ । बम्पर उपहारबाट एक जना भाग्यशाली विजेताले ३० तोला सुन प्राप्त गर्नेछन् । उपहारको जानकारी मकालु टेलिभिजन बाट प्रत्येक शुक्रबार ५ः३० मा प्रत्यक्ष प्रसारण हुने बन्धन सिमेन्ट वीक्लि लकि ड्र कार्यक्रम बाट गराइने कम्पनिले जानकारी दिएको छ ।