काठमाडौँ: १३ औं दक्षिण एसियाली खेलकुद(साग)अन्र्तगत पुरुष फुटबलमा नेपाल च्याम्पियन हुदै स्वर्ण पदक जितेको छ ।

घरेलु मैदानमा दशरथ रंगाशाला भएको प्रतियोगिताको फाइनलमा भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपालले स्वर्ण जितेको हो । यो सँगै नेपाल सागमा चौथो पटक च्याम्पियन भएको छ भने जारी सागमा नेपालको ५१ वटा स्वर्ण पुगेको छ ।

नेपाललाई अभिषेक रिजाल र सुनिल बलले गोल गर्दै जित दिलाए । खेलमा पहिलो हाफको १६ औँ मिनेटमा अभिषेकले पहिलो गोल गरेका थिए । भुटानका चेन्चो ग्यालसेनले ३६औँ मिनेटमा बराबरी गोल गर्दै खेल रोमाञ्चक बनाए । तर, दोस्रो हाफको ५३ औँ मिनेटमा सुनिलले निर्णायक गोल गरे ।

सागको इतिहासमा भुटन पहिलो पटक फाइनल खेलेको हो भने नेपाल पाचौं पटक फाइनल पुगेको हो। यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाईनल पुग्ने टोली बनेको थियो। पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको थियो। दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तरले हराएको थियो। अन्तिम खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो। नेपाल १० अंक सहित फाइनलमा प्रवेश गरेको थियो।

यता भूटान भने पहिलो खेलमा बंगलादेशलाई १–० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालसंग ४ गोलले पराजित भएको भूटान तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तर पराजित गर्यो। लिगको अन्तिम खेलमा श्रीलंकालाई ३–१ गोल अन्तर गर्दै ९ अंक सहित भूटान फाइनलको यात्रा तय गरेको थियो।

सागको पुरुष फुटबलको उपाधि पाकिस्तानले ४ पटक तथा भारतले समान ३ पटक जितेका छन्। यस्तै बंगलादशले २ पटक उपाधि हात पार्दा भुटान, बंगलादेश र माल्दिभ्स उपाधि विहीन छन्। यसअघि नेपालले सन् १९८४, १९९३ र २०१६ मा साग फुटबलको उपाधी जितेको थियो। १९१९ को सागमा उपाधि जितेसंगै नेपालले पाकिस्तानसंग उपाधी बराबरी गरेको छ। नेपालले लगातार दोस्रो पटक साग फुटबलमा स्वर्ण जितेको हो।

नेपालको प्लेइङ सेटमा विकेश कुथु,अनन्त तामाङ, विकास खवास, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ, अविशेक रिजाल, सुनिल बल, तेज तामाङ, नितिन थापा, सुजल श्रेष्ठ रहेका छन्। नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जन रहेका छन्।