मोरङ: मोरङको बेलवारी नगरपालिका ५ मा स्कुल बसले किचेर एक बर्षीय नावालकको मृत्यु भएको छ ।

आज बिहान सवा ९ बजे को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय प्रमोद साहको १ बर्षीय छोरा यस राज साहको मृत्यु भएको हो । बेलवारी नगरपालिका ५ रामपुरस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बेला घटना भएको हो । आफ्नो ५ बर्षीय छोरालाई बिद्यालय पठाउन प्रमोदकी श्रीमती शिव कुमारी दुवै छोराहरुलाई संगै लिएर गइकी थिइन् ।

ठुलो छोरालाई बसमा चढाउदा उनले सानो छोरालाई भुईमा राखेकी थिइन् । बस गुड्ने क्रममा भुईमा रहेको नावालकलाई किचेपछि घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । हाल बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।