धरान: राष्ट्रिय दलित पत्रकार संघको सुनसरी जिल्ला शाखामा दिनेश गजमेरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

धरानमा बुधबार सम्पन्न प्रथम भेलाले गजमेरको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा शान्ति गजमेर(पहल साप्ताहिक), सचिवमा विनोद दर्नाल(कार्यक्रम संयोजक हार्ट एफ एम), सहसचिवमा बिमला विश्वकर्मा (सप्तकोशी एफएम), कोषाध्यक्षमा शकुन्तला त्रिखत्री (महाप्रतिवाद साप्ताहिक)रहेका छन् ।

सुनसरी जिल्लामा रहेर बिभिन्न संचार माध्यमहरुमा सक्रिय पत्रकारिता गर्दै आएका दलित समुदायका सञ्चारकर्मीहरुको भेलाले समिति चयन गरेको हो । सो भेलाले भीम लामिछाने, उषा परियार, प्रमोद पोर्तेल, भुमिका रसाइली, लोकेन्द्र अछामी, विनोद रसाइली,.नविन रम्तेल, सुविन विश्वकर्मा, मनिषा विश्वकर्मा, खिलानाथ विश्वकर्मा रहेका छन् भने भेलाले दुई सदस्य रिक्त राखेको छ ।

भेला आयोजक समितिका संयोजक तारा लामगादेको अध्यक्षता भएको भेलाले राजन केडी, रणध्वज लोहार र अनिता रसाइलीलाई सल्लाहकार चयन गरेको छ । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी संविधानसभा सदस्य अनिता परियारले दलित समुदायमा सञ्चारकर्मी एक भएर अघि बढ्दा सिंगो दलित समुदायलाई प्रेरणा मिल्ने र दलित आन्दोलनको हिस्सा बन्ने अपेक्षा रहेको बताइन् ।

भेलामा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीले संघ स्थापनाको छोटो समयमै दलित सञ्चारकर्मीहरुको मन जितेको र आगामी दिनमा देशभरका दलित सञ्चारकर्मीहरु संघमा आवद्ध भइसक्ने बताए । उनले संघले दलित समुदायका सञ्चारकर्मीको हकहित र संरक्षणका लागि काम गरिरहेको जानकारी दिए ।

पत्रकार महासंघ सुनसरी शाखाको सभाहल आयोजित कार्यक्रममा दलित बिकास समिती का अध्यक्ष किशोर पारीयार, परियार सेवा समाज जिल्ला सुनसरी अध्यक्ष खगेन्द्र परियार, मरिक सेवा समाजका अध्यक्ष रामधारी मरिक, बिश्वकर्मा कल्याणकारी समाजका अध्यक्ष केदार बराइली, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य देवेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो ।