इटहरी : इटहरी उपमहानगर वडा नम्वर ६ ले जेष्ठ नागरिकका लागि गरेको स्वास्थ्य शिविरमा १ सय १० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

जेष्ठ नागरिकको लागि छाला, कपाल, यौनरोग र कुष्ठरोग परीक्षण शिविर गरिएको वडाध्यक्ष दीपक गौतमले बताए । स्वरा स्किन एण्ड हेयर क्लिनिकका डा. मनोज चौधरीले स्वास्थ्य परीक्षण गरेका थिए । विरामीलाई उपलब्ध औषधी निशूल्क वितरण गरिएको छ । धेरैजसोमा छाला चिलाउने इग्जिमाको समस्या देखिएको डा. चौधरीले बताए । डा. चौधरीका अनुसार दाद, पोतो, चायाँ र नङ्गको समस्या हुने पनि धेरै जनाको परीक्षण गरिएको छ ।