औजार : आजको औजार दैनिकमा “नक्कली ऋणी बनाएर लघुवित्तको दुई करोड हिनामिना” शीर्षकको समाचार छापिएको छ । नाडेप लघुवित्तका कर्मचारीले झण्डी दुई करोड रुपैयाँ हिनामिना गरेका छन् । धादिङ केन्द्रिय कार्यालय रहेको लघुवित्तको विराटनगर शाखा नम्बर ०२१ र ०२४ बाट १ करोड ९३ लाख २६ हजार १ सय १९ रुपैयाँ हिनामिना भएको हो । लघुवित्तको शाखा कार्यालयका प्रमुखसहित सातजना कर्मचारीको संलग्नतामा फर्जी सदस्य खडा गरेर १ करोड ९३ लाख हिनामिना गरेको खुलेपछि प्रहरीले सातजना विरुद्ध बैंकिङ कसुर अन्तरगत मुद्दा दर्ता गरेको छ । फर्जी ऋर्णी खडा गरेर तत्कालिन विराटनगर शाखा प्रमुख बाराका ५२ वर्षीय विजयचन्द्र प्रसाद, रंगेली नगरपालिका १ का ३९ वर्षीय इन्द्रमणि बस्नेत, लेखा सहायक अधिकृत विराटनगर ३ का ४७ वर्षीय नारायण खराल, सोही ठाउँकी ३२ वर्षीया लुना पराजुली, फिल्ड सहायक विराटनगर १ का ३५ वर्षीय दिपक भट्टराई, लघुवित्त विराटनगर शाखाका २१ नम्बर केन्द्र प्रमुख विराटनगर १४ की ४५ वर्षीया मन्जुलादेवि यादव र २४ नम्बर केन्द्र प्रमुख सोही ठाउँकी ४९ वर्षीया बेबीकुमारी यादवलाई बैंकिङ कसुर अन्तरगत मुद्दा दायर गरेको हो ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रहरीद्वारा बालविवाह रोकियो” शीर्षकको समाचार छापिएको छ । प्रहरीको सक्रियतामा उदयपुरमा हुन लागेको बालविवाह रोकिएको छ । त्रियुगा नगरपलिका ७ की केटी र त्रिनपा ५ का केटाबीच हुन लागेको बालविवाह बुधबार रोकिएको हो । त्रिनपा ७ निबासी रुद्रबहादुर थापकी छोरी १९ वर्षीया लेखाकुमारी थापा र ५ नं. वडाका पदमबहादुर कार्कीका छोरा २४ वर्षीय भूपध्वज कार्कीबीच हुन लागेको बालविवाह रोकेको प्रहरीले जनाएको छ । बालविवाह हुदैछ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले दुबै पक्षलाई उक्त कार्यालयमा ल्याई स्थानीय निकायका जनप्रतिनिधि, बाल क्लब लगायतको उपस्थितिमा केटीको उमेर २० वर्ष पुगेपछि मात्रै विवाह हुनेगरी केटाकेटीलाई अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “किरात सिरिजंगा लिपि प्रवद्र्धकको सम्झना” शीर्षकको समाचार छापिएको छ । नेपालका आदिबासी जातिको भाषा लेन््ख्य परम्परामा प्रयोग गरिदै आएको मौलिक लिपी मध्ये किरात सिरिजंगा लिपी एक हो । सिरिजंगा लिपीमा अहिलेसम्म लिम्बु भाषा, साहित्य लेखिदै आएको छ भने नेपालको इतिहासमा अढाई सयवर्ष अघिका पूर्व लिम्बुवान याक्थुङ लाजे क्षेत्रका राजनीतिक, सामाजिक तथा सांस्कृतिक घटनाक्रमका इतिहास लेखनको आधार सिरिजंगा लिपीमा लेखिएका लिखतहरु बनेका छन् । सिरिजंगा लिपीका प्रवद्र्धक सिरिजंगा लिम्बु जातिका सिङथेबे थरका थिए । इतिहासकारहरुका अनुसार उनले सिरिजंगाको अवतार हुँ भनी उनको जन्म हुनु अघि झण्डै नौसय वर्ष अगाडिदेखि लिम्बुजातीका किराती पूर्वजहरुले सुरक्षित राखेका राजा सिरिजङ्गले प्रयोगमा ल्याएका लिपी र साहित्यको खोज गरी त्यसको माध्यमबाट साहित्य रचना गरी पुनः किरा लिम्बु समाजमा प्रचार गरे ।