इटहरी : जबरजस्ती करणी अभियोगमा इटहरी २० तरहरा बस्ने राजेश कुमार मेहतालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको बर्जु गाउँपालिका वडा नं. ६ घर भई इटहरी २० मा सन साहेब फर्निचर उद्योग सञ्चालन गर्दै आएका २४ वर्षीय मेहतालाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । उनले गत जेष्ठ १८ गते इटहरी १९ की एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोग लागेको थियो । ईलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीका अनुसार मेहता जबरजस्ती करणी गरी भारत तर्फ फरार भएको र खोजतलास गर्ने क्रममा मंगलबार पक्राउ परेको जानकारी दिए । उनले यसअघि भारतीय नम्बरबाट पनि ज्यान मार्ने सम्मको धम्की दिएका रहेछन्, डीएसपी भण्डारीले भने, उनलाई घटना भएको ६ महिना पछि पक्राउ गरेका हौँ ।

उनीविरुद्ध जवरजस्ती करणी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।