धरान : शेर्पा समुदायको साझा संगठन नेपाल शेर्पा संघको १ नं. प्रदेश समितिको प्रथम अधिवेशन शनिबार धरानमा सम्पन्न भएको छ ।

अधिवेशनले ङावालप्टु लामा शेर्पाको अध्यक्षतामा १३ सदस्यीय नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेसंगै संघको प्रथम बैठकले विधान बमोजिम थप ४ जना सदस्य मनोनीत गर्ने कार्य सम्पन्न गरेको छ ।

संघको वैधानिक व्यवस्थानुसार उपाध्यक्ष पासाङ शेर्पा (संखुवासभा), महिला उपाध्यक्ष आङदिकु शेर्पा (झापा), सचीव छिरिङ शेर्पा (संखुवासभा), कोषाध्यक्ष फुर्लाक्पा शेर्पा (भोजपुर), सहसचिव रिन्जी शेर्पा (पाँचथर), र सहकोषाध्यक्षमा पुष्पा शेर्पा (उदयपुर) चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा पासाङ्काजी शेर्पा (सोलु), मिनिका शेर्पा (खोटाङ), पेमनुर्वु शेर्पा (तेह्रथुम), पासाङ शेर्पा (धनकुटा), निमा दोर्ची शेर्पा (ईलाम), तेन्जी शेर्पा (मोरङ), दासाङ गोपर्मा शेर्पा (ताप्लेजुङ), लोप्साङ शेर्पा (उदयपुर), मिन्डु शेर्पा (ताप्लेजुङ) र पेम्बा गोले शेर्पा (भोजपुर) रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल शेर्पा संघ केन्द्रिय कमिटी अध्यक्ष ई. आङदोर्जी लामा शेर्पा, विशेष अतिथि संघका केन्द्रीय उपाध्यक्ष ग्याल्जेन लामा शेर्पा, महासचिव ङावाङ सोनाम शेर्पा र नेपाल आदिवासी जनजाति महासंघ १ नं. प्रदेश तदर्थ कमिटि अध्यक्ष ध्रुव सुब्बा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शेर्पा संघ प्रदेश १ का संयोजक डा.लाक्पा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको हो ।

संघको गाउँ, नगर, जिल्ला र प्रदेश अधिवेशन सम्पन्न भए संगै आउँदो पौष ४ र ५ गते काठमाडौं शेर्पा सेवा केन्द्रमा संघको राष्ट्रिय महाधिवेशन हुने आयोजकले जनाएको छ ।