काठमाडौं : बेलायतमा आज संसदीय निर्वाचन हुँदैछ । पाँच वर्षको अवधिमा आजको निर्वाचन तेस्रोपटक हुन लागेको हो ।

यसअघि सन् २०१५ र २०१७ मा पनि संसदीय निर्वाचन भएको थियो । इंगल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्थन आयरल्याण्ड गरी ६ सय ५० निर्वाचन क्षेत्रमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि मतदान हुनेछ । पहिलो हुने प्रणाली अन्तर्गत निर्वाचनमा ६५० सांसद छानिनेछन् । निर्वाचन लगत्तै मतगणा गरिने र शुक्रबार विहान सम्ममा अधिकांश स्थानको नतिजा सार्वजनिक हुने अनुमान गरिएको छ ।

यसपालि सन् १९७४ पछि पहिलोपटक चिसो मौसममा निर्वाचन हुन लागेको हो । डिसेम्बर महिनामा सन् १९२३ पछि पहिलो पटक हुन लागेको हो । निर्वाचन मामिला हेर्ने वाचडगले मतदानका क्रममा सेल्फी वा अन्य तस्बिर नखिच्न सचेत गराएका छन् ।निर्वाचनपछि अहिलेकै प्रधानमन्त्री बोरिस जोहन्सन वा विपक्षी नेता जेरेमी कोर्बीनमध्ये कुनै एक जना प्रधानमन्त्री हुने आँकलन भइरहेको छ ।