धनकुटा: धनकुटा नगरपालिका ९ बेलहराका ६३ बर्षीय रिकमान तामाङको लडेर मृत्यु भएको छ ।

बुधवार राती सवा ८ बजेको समयमा गाउँबाट घर फर्केर आउने क्रममा अचानक बाटोमा लडी घाईते भएका तामाङको स्थानीय बेलहारा स्वास्थ्य चौकीमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।