इटहरी: भ्रष्टाचार गरेको भन्दै कर्मचारी कुटेर चर्चामा आएका इटहरीका मेयर द्वारीकलाल चौधरी अहिले मौन छन् । इटहरी उपमहानगरपालिका भित्रको भ्रष्टाचार अन्त्य गर्ने र सार्वजनीक जग्गामा डोजर चलाउने भनेर चर्चामा आएका मेयर चौधरी अहिले भने एक्सनमा छैनन् ।

तत्कालीन वडा नम्बर १९ का वडा सचिव मनोज दाहाललाई कार्यकक्षमै बोलाएर कुटेपछी उनी चर्चामा आएका थिए । सोही दिन कार्यक्षेत्रमा खटीएका ओभरसीयर राम खड्कालाई उनलाई निश्कासनसमेत गरे । सिएफएल बल्भ प्रकरणमा भ्रष्टाचार गरेको भन्दै उनले दाहाललाई कुटपीट गरेको स्विकारेका थिए । उता खड्काले पैसा खाएर काम गरेको भन्दै जागीरबाट हटाए ।

त्यस भन्दा अगाडी इटहरी साना सहरी तथा खानेपानी संस्थाका अध्यक्ष राम प्रसाद चौलागाईलाई कुटेको बत्तव्य दिदै आएका थिए । खानेपानी संस्थामा चरम भ्रष्टाचार गरेको भन्दै उनले चौलागाईलाई भ्रष्टको उपमा दिए तर केमा र कति भ्रष्टाचार भएको हो भनेर उनले अहिलेसम्म खुलाउन सकेका छैनन् ।

अब भ्रष्टाचारीका दिन सकिएको, भ्रष्ट कर्मचारीलाई यसरीनै तह लगाउने अभिव्यक्ति दिएर मात्र होइन, कर्मचारी कुट्ने, पत्रकार लोपार्ने र नाक भाच्ने धम्की दिएर उनी चर्चा र विवादमा आएका आए । विभिन्न मिडियामा अन्तरबार्ता दिदै उनले एक महिना भित्र उपमहानगरपालिका कार्यलय बाट १२ जना भ्रष्ट कर्मचारी निकाल्ने उद्घोष गरे । ठुला नेताहरुले सार्वजनीक जग्गा मिचेको बताए । नेकपाकै नेता चौलागाईको भ्रष्टाचारको कर्तुत बाहिर ल्याउने ठोकुवा गरेका ।

यस्ता थुप्रै अभिव्यक्ति र हर्कतले एक समय भाइरल भएका मेयर चौधरीले न उपमहानगरपालिका कार्यलयबाट उनले भनेकै भ्रष्ट १२ जना कर्मचारी निकालेका छन्, न खानेपानीमा भएको भ्रष्टाचार छानबिन गरेर सार्वजनिक नै गरेका छन् । इटहरीका जनता भ्रष्टचारको अन्त्य र सुशासन हेर्न चाहन्छन्, तर मेयर चौधरीले भने चुप्पी साधेका छन् ।

इटहरीका युवा होमनाथ धमला मेयर चौधरीले आफुले बोलेको कुरा पुरा गर्नुपर्ने बताउँछन् । भ्रष्ट १२ जना कर्मचारी निकाल्छु भन्ने मेयरले गल्ती नगर्ने कर्मचारी निकाल्ने र कानुन विपरीत कर्मचारी भर्ती गर्ने काम गरेको उनले बताए । मेयर चौधरी आफैले कम्प्युटर अपरेटर भनेर निजी फोटोग्राफर नियुक्ती गरेका छन् । उनले १२ भ्रष्ट कर्मचारी र खानेपानीमा भएको भ्रष्टाचार खुलस्त पार्न पनि मेयर चौधरीसँग आग्रह गरे ।

इटहरीकै युवा व्यवसायी नवराज सुवेदी पनि प्रश्न गर्छन्,‘भ्रष्ट कर्मचारीलाई कालोमोसो दल्ने बताएका मेयर कता हराए ?’ सरकारी जग्गा खोजी अभियान शुरुवात गरेका मेयर चौधरीले खेती खोलाका केही घर भत्काउनु पर्ने भएपछी अभियाननै स्थगीत गरेको उनको बुझाईछ । रानी धरान ६ लेन सडकको बिषयमा पनि स्पष्ट धारणा राख्न नसक्ने मेयरले खानेपानीमा भएको अनियमितता ल्यउलान् भन्ने विश्वास नलागेको उनको भनाईछ ।

लोकप्रीयता कमाउन जे पायो त्यही गर्दै हिडेका हिड्ने तर काम केही नगर्ने मेयरको चाल भएको बताउँछीन इटहरी ५ कि बिमला ढकाल । लोकप्रीयताको लागी मिठो कुरा गरेर जनता भुल्याउने काम गरको उनको भनाईछ । ‘यो मेयरको नाङ्लो ठोकेर हात्ती तर्साउने खेल हो ।,’ उनी भन्छिन्,‘भुमाफीया सार्वजनीक गरेको खोई ? खानेपानीको भ्रष्टाचार कहाँ पुग्यो ?’