इनरुवाः आफ्नै महिला अनुयायीमाथि बलात्कार मुद्दाका आरोपी कृष्ण बहादुर गिरी (कृष्णदास) उर्फ सिद्ध बाबा पुर्पक्षका लागी जेल जाने लगभग पक्का रहेको बताइएको छ ।

पीडितको तर्फ बाट थुनछेक बहसमा सहभागी भएका वकिलहरु अस्विनी भट्टराई र निराजन ओझाले गिरी जेल जाने सम्भावना धेरै रहेको बताए । बलात्कार मुद्दाको मुल प्रमाणको रुपमा पीडित महिलाले दिएको जाहेरी रहेको वकिलहरु बताउँछन । 'मुल प्रमाण जाहेरी हो,प्रमाण ऐनले पनि जाहेरीलाइ मुख्य प्रमाण मान्छ,'ति वकिलले भने,'थप प्रमाण उनले माफ मागेको आवाज नै हो,जुन रेकर्डले आरोप प्रमाणित गर्दछ।'

वकिलहरुको अनुसार करणी भएको लामो समय सम्म जाहेरी नपरेकाले स्वास्थ्य रिपोर्ट बाट भने बलात्कार ठहर हुने ठाउँ देखिदैन । तर सिद्धबाबा आफैले फोन गरेर माफ मागेकै अडियो रेकर्ड नै अदालतको आरोप प्रमाणित गर्ने मुख्य आधार बन्ने देखिएको छ ।