इटहरी : पछिल्लो समय इटहरी फेन्सी होलसेलको हब बन्दै गएको छ । पुर्वका अन्य सहरको तुलनामा धरैनै होलसेल (थोक) पसलहरु संचालनमा छन् ।

पुर्वका अधिकांस स्थानमा सामान वितरण गर्न सहज हुने भएकोले इटहरीमा धेरै थोक पसलहरु संचालन हुँदै आइरहेका छन् । यतीधेरै होलसेल पसल संचालन हुने इटहरीमा व्यापारीक चहलपहल पनि त्यही अनुसार बढीरहेकोछ । तर त्यसको मारमा खुद्रा व्यापारी हरु परेकाछन् । उद्योग वाणीज्य संघ इटहरीका अनुसार १५ सय भन्दा बढी फेन्सी सामानका थोक पसलहरु चलीरहेकाछन् । ३ बर्ष अगाडी सम्म सहज देखीएको खुद्रा व्यापार पछिल्लो समय समस्यामा पर्न थालेकोहो ।

होलसेलमात्र बिक्री गर्ने भनेर दर्ता भएका पसलहरुले खुद्रा सामान बिक्री गर्न थालेपछी यो समस्या भएको रेडीमेड व्यवसायी संघ इटहरीका सचिव बुद्ध सुवेदी बताउँछन् । होलसेल पसलबाट थोक र खुद्रा दुवै कारोबार भएपछि ग्राहकहरु सस्तो पाइने लोभमा होलसेल पसल जाने गरेको उनको भनाईछ । पसल संचालकले होलसेलकै दाममा सामान दिएको भन्दै खुद्रामा भन्दा बढी मुल्य लगाएर ग्राहक ठगीरहेको उनको बुझाईछ ।
होलसेल पसलमा एकै पटक धेरै सामान भित्रीने भएकोले लामो समय सम्म बिक्री नभएको सामान फुटपाथमा लगेर बिक्री गर्ने गरेकाछन् । समय गुज्रीसकेका र साईज नमिलेको सामानलाई फुटपाथ बाट सल्टाउने गरेको सुवेदी बताउँछन् । स्टक सक्नको लागी सस्तो मुल्यमा गुणस्तरहिन सामान बिक्री गर्दा खुद्रा व्यापारी देखी ग्राहक सम्मलाई समस्या पर्ने गरेको उनी सुनाउँछन् ।

त्यस्तै ‘यु एण्ड मी’ का सञ्चालन यम खड्काका अनुसार होलसेल र खुद्राको समस्या उद्योग वाणिज्य संघको चुनावी नारा मात्र भएको छ । होलसेलले सस्तो दिन्छ भन्ने भ्रममा ग्राहक आकर्षीत भइरहेको उनी बताउँछन् । त्यही भ्रमलाई चिर्न नसक्दा खुद्रा व्यापारी समस्यामा पर्न थालेको उनको भनाईछ । पछील्लो समय बढ्दै गएको होलसेल आतंकले घरभाडा तिर्नैै समस्या परीरहेको उनको अनुभव छ ।

उवासंघ इटहरीले यस बिषयमा खास पहल नगर्दा खुद्रा व्यापारी समस्यामा परेकाहुन् । संघले आफ्नो उद्येश्य अनुसारको मात्र कारोबार गर्नुपनि परीपत्र गर्यो भने समस्या समाधान हुने देखीन्छ । यस बिषयमा कर कार्यलयले प्रकृया अगाडी बढाइसकेको छ । तर त्यो प्रभावकारी हुन सकेको छैन । उता इटहरी उपमहानगरपालिकाले पनि कुनै पहल गरेको देखीन्दैन । नाम मात्रको बजार अनुगमन गर्ने गरेको उपमहानगरले व्यापारीक समस्या समाधानको लागी ठोस कदम चाल्न सकेको छैन

उवासंघ इटहरीका महासचिव पिताम्बर पोखरेल यस अघिनै परीपत्र गरीसकेको तर समाधान हुन नसकेको बताउँछन् । धेरै पटक आफुहरुले बजार अनुगम गर्दा यस्तै कुनै प्रमाण नभेटीएको उनको भनाईछ । फुटपाथमा हुने व्यापारको समस्यालाई लिएर उपमहानगरपालिका र राजस्व कार्यलय संग समन्वय गरीरहेको तर तालमेल मिल्न नसकेको उनी सुनाउछन् । उपमहानगरले नगर प्रहरी लगाएर फटपाथका सामान जफत गर्ने र नियन्त्रण प्रकृया अगाडी बढाउने गरी काम थालेको पोखरेल बताउँछन् ।