इटहरी: आफ्नै महिला अनुयायी बलात्कार गरेको अभियोगमा पक्राउ परेका कृष्ण बहादुर गिरी उर्फ सिद्धबाबालाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

आज थुनछेक बहस सकिए पछि न्यायाधिश बराधाकृष्ण उप्रेतीको इजलाशले गिरीलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो । इजलाशको आदेश पछि धरौटी रकम बुझाएर कृष्णदास छुटेका छन् । हिजोबाट सुरू थुनछेक बहसमा प्रतिवादी गिरी तर्फका वकिलहरुको बहस नसकिएपछि हेर्दैहेर्दैको मुद्दामा राखेर आजलाई पेशी सारिएको थियो । गिरीलाई प्रहरीले बिराट नरसिङ होमबाट एम्बुलेन्समा राखेर सुनसरी जिल्ला अदालत ल्याएको थियो । इजलाशमा बहस चलिरहदा अदालत परिसर बाहिर गिरीका अनुयायीहरूले रामनाम भजन गरिरहेका थिए ।