इटहरी : गत वर्ष देखि जाडोको समयमा आपसी सम्बन्ध आत्मियाको कायम गर्ने उद्देश्यले नेपाल प्रेस युनियन सुनसरीले आयोजना गर्न थालेको वनभोज कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ ।

आफ्ना सदस्य तथा नेपाली काग्रेसका नेताहरुको सहभागितामा नेपाल प्रेस युनियन सुनसरीले तरहराको गणेशमान पार्कमा यस वर्षको वनभोज कार्यक्रमको आयोजना गरि निरन्तरता दिएको हो । धनबहादुर पुरी अध्यक्ष भएसंगै हरेक वर्ष आफ्ना सदस्यहरुका लागि वनभोज कार्यक्रम आयोजना गर्ने योजना अघि सारेको यस वर्षको वनभोज कार्यक्रम पनि आयोजना गरिएको जनाइएको छ । वनभोज कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका सभापति तथा प्रतिपक्षी दल प्रदेश नम्बर १ का नेता राजिव कोइराला, सचेतक केदार कार्की, प्रदेशसभा सदस्यहरु नबोदिता चौधरी, ज्योति सुब्बा, सुन्दरहरैचा नगरपालिकाका मेयर शिव ढकाल, इनरुवा नगरपालिकाकी उपमेयर जमुना पोखरेल, दुहबीकी उपप्रमुख सुनिता दाहाल, कोशी गाउँपालिकाका अध्यक्ष एयुव अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

त्यसै गरी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल, बरिष्ठ उपाध्यक्ष दिवश पोखरेल, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, पुर्व अध्यक्ष गोविन्द घिमीरे, बरिष्ठ पत्रकार हर्ष शुब्बा लगायतको पनि वनभोज कार्यक्रममा सहभागिता रहेको थियो । वनभोज कार्यक्रममा मनोरञ्जनका लागि लोक दोहोरी, म्युजिकल चेयर र हण्डी फुटाउने प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।