धरान : होटल एसोशिएसन भेडेटारको आयोजनामा भएको तीन दिने ८ औं फुड फेस्टिभल आज (विहिबार) सम्पन्न भएको छ ।
चिसो मौसममा पर्यटक भित्र्याउन र विशेष गरी अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि विगत ८ वर्ष देखी निरन्तर फुड फेस्टिभल सञ्चालन गर्दै आएको होटल एसोशिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । अंग्रेजी नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक मात्र होइन, बाह्य अर्थात भारतीय पर्यटकहरु पनि ठुलो संख्यामा भ्रमण गर्न आएको अध्यक्ष रुम्दालीले बताए । फेस्टिभल अवधिभर २० हजार भन्दाबढी आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकण गरेको थियो भने दुई करोड भन्दाबढीको कारोबार भएको अध्यक्ष रुम्दालीले जानकारी दिए ।

bhedetar6

फुड फेस्टिभलको आकर्षणको रुपमा रहेको हेली टुर फन् फ्लाईटमा करीब दुई सय पचाँस पर्यटकले भेडेटार घुमेको होटल एसोशिएसन भेडेटारका महासचिव आशिष राईले बताए ।

फुड फेस्टिभलको अर्को आकर्षणको रुपमा रहेको फोटो प्रदर्शनीमा करीब दुई दर्जन फोटो बिक्री भएको नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईले बताए । अध्यक्ष चाम्लिङका अनुसार तीन दिनमा करीब एक हजार भन्दाबढी पर्यटकले फोटो प्रदर्शनीको अवलोकन गरेका थिए । प्रदर्शनीमा एक सय फोटो अवलोकनका लागि राखिएको थियो ।

यसैगरी भोली शुक्रबारबाट धरानमा शुरु हुने धरान डे मा पनि नेपाल फोटो पत्रकार महासंघको आयोजनामा फोटो प्रदर्शनी कार्यक्रममा फोटो प्रदर्शनी हुने अध्यक्ष राईले जानकारी दिए । उक्त फोटो प्रदर्शनीमा फोटो बिक्री हुने समेत उनले बताए ।

photo-6