पथरी: तीन वर्ष अघि मलेसिया पुग्दा मोरङ्ग उर्लाबारी २ सुन्झोडाका दिपेश भट्टराईका धेरै सपना थिए । बुवा आमाको पालन पोषण मात्र होइन, भाईबैनीको भरोसा बन्ने अडान लिएर उनी मलेसिया पुगे ।

बग्रेल्ती सपना पुरा गर्न उनी मलेसियाको पोट्रकेलाङको एक कम्पनीमा काम गर्न पुगे । म्यानपावर कम्पनीले भनेका कुरा त पुरा भएन, सोचे जति पनि कमाइ नभएपछि अवैधानिक बन्न पुगे । त्यहाँबाट सुरु भएको भट्टराईका दुःख नेपाल फर्किपछि पनि सकिएन । मलेसियाको जेल जीवन भोगेर एक महिना अघि नेपाल फर्किएका भट्टराईलाई मलेसियामा नेपाली संघ संस्थाका अगुवा हु भन्नेले नै ठगी गरे ।

नेपाल फर्किन नेपाली दुतावास जानु अघि नै उनको सम्पर्क मलेसिया नेपाली श्रमिकका पक्षमा काम गर्ने भन्ने वेद कुमार खतिवडासँग भयो । खतिवडाले नै नेपाल फर्काइदिने आश्वासन दिए तर त्यो वापत ४५ सय रिङेट अर्थत करिव १ लाख ५० हजार नेपाली रुपैयाँ दिनुपर्ने भयो खतिवडालाई ।

खतिवडालाई दिने पैसा थिएन भट्टराईसंग । उनले घरमा फोन गरे । घरवाट उनका बुवाले पैसा जोर जाम गर्ने सान्त्वना दिए । उनका बुवाले मलेसियासम्म पैसा पठाउन पथरी वजार पुगे तर नेपालबाट मलेसिया पैसा पठाउन व्यावधान हुने व्यावसायीले वताए पछि मलेसियामा नै काम गर्ने एक व्यक्तिका परिवारलाई एक लाख रुपयाँ थमाए भट्टराईका बुवाले ।

मलेसियामा ३ हजार रिङ्गेट पाएका खतिवडाले नेपाल पठाउन दिपेशलाई क्वालालम्पुरको कोतराया वोलाए । कोतराया पुगेका दिपेशलाई खतिवडाले अर्का एक जनाको जिम्मा लगाए । यसरी जिम्मा लिने थिए नेपाली काग्रेसको टे«ड युनियन काग्रेस मलेसियाका सभापति योगेन्द्र कोइराला । कोइरालाले अरु ४, ५ जना युवालाई पनि जिम्मा लिएका रहेछन घर फर्काउन । कोइरालासँग भएका युवाहरु कोही खतिवडाले नै जिम्मा दिएका थिए भने कोही अरु नै बाट । केही दिन उनीहरु कोतरायाका केही रेष्टुरेन्टले नै संन्चालन गरेका लजमा बसे ।
खाना रेष्टुरेन्टमा खाएर त्यही बसेका भट्टराई लगायतलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गर्यो ।

पक्राउ परेका उनी लगायत केहि नेपालीले ६ महिनाभन्दा बढी जेल जिवन भोग्नु पर्यो । ‘मलेसियाको जेल निक्कै कष्टकर थियो,’उनले भने,‘समयमा खान पाइदैन थियो बरु सजाय चै धेरै हुन्थ्यो ।’ उनलाई पहिला काजाङ जेलमा लगीयो । त्यहाँ चरम याताना भोगे उनले । ‘दात नै भाचिदिए, भाचिएको दात देखाउदै’ -उनले भने ।

त्यो वेला पनि आफ्नो पैसा लाने वेदकुमारलाई झल्झली सम्झीए भट्टराईले तर खतिवडा कुनै हालतमा उनको सम्पर्कमा पुगेनन् । जेल जिवनको समयावधि सकिएपछि भट्टराईलाई वुकित जलिलको फिर्ति बन्दी गृहमा राखीयो । त्यहाँबाट उनलाई घर जान हवाइ टिकट काटे मात्र घर फर्किन सम्भव थियो । तर त्यो वेला पनि पु्गेनन् । उनलाई घर फर्काइदिन्छु भन्नेहरु बरु त्यही जेल परेका एक नेपालीलाई भेटन पुगेका मिलन लिम्वुले घर फर्किन हवाइ टिकट दिए ।

घर फर्किन कोतराय बसेकै वेला विरामी भए उनी । उपचारका लागी खर्च थिएन केही नेपालीले नै उपचारको खर्च व्योहोरे । आफु विरामी भएको र घर फर्काइदिन पटक पटक आग्रह गरेपनि दिपेशको वोली सुनेन्न खतिवडा र कोइरालाले । ‘वहाँ हरुलाई मतलव नै भएन वाख्रा वेचेजस्तो मान्छे वेच्न सक्रिय हुनुहुदो रहेछ,’उनले भने,‘मलेसियामा साह्है दुःख पाइयो ।’

मलेसियावाट नेपाल आएका उनी काठमाडौंमा रात भर सडकमै सुत्न वाध्य भए । रातीको समय उनी नेपाल उत्रिए । उनीसंग न पैसा थियो न खानका लागी कुनै सामाग्री । रातभर भौकै भए विहान आफन्तलाई फोन गरेर परिवारको सम्पर्कमा आए । उनी मलेसियाबाट नेपाल फर्किए पनि मानसिकरुपमा विछिप्त थिए । काठमाडौमै उपचार गरे ।

मलेसियाको जेल सम्झीदै भने,‘कुकुरले नपाएको दुःख पाइयो । भुइमै सुत्नु पथ्र्याे । कार्टुन ओच्छाएर पनि सुत्न पाइएन् । वलिया र स्थानिय ले भनेको मानेन भने वुट नै वुटले खानु पथ्र्याे । प्रहरीको दुर्व्यवहार झन सहि साध्य थिएन् । जेल वास्तवमा ‘नर्क’ नै थियो,‘उनले भने ।

उनलाई घर फर्काइदिन भन्दै पैसा लिएका वेदकुमार मलेसियाको नेपाली माझ श्रमिक नेता हुन् । वहाले अरु पनि नेपालीलाई घर फर्काइदिने भन्दै हामी संगै कोतराया ल्याउनु भएको थियो । भट्टराईले सुनाए अरु साथीको नि त्यस्तै विजोक थियो ।’ मलेसियाको जेल पर्नु २ महिनाअघि एक साथीसंग भेट भयो भट्टराईको । उनै साथीले वेदकुमारसम्म भेट गराएका थिए । विश्वासिलो मान्छे भन्ने साथीले पनि सम्झेनन् जेल पर्दा पनि ।

दुःखका वेला कसैले सम्झिएनन् उनलाई । नेपाल फर्किएपछि घर वाट पठाएको १ लाख र उनले मलेसियामा नै हुँदा दिएको ५ सय रिङेट फिर्ता पाउछु कि भन्ने आस पलाएको छ । हालै उपचार पछि घर फर्किएका भट्टराई तङग्रिने प्रयासमा छन् । उपचार गरेर फर्किएका उनलाई नेपाल फर्काउन उनका बुबाले लिएको ऋणको व्याज बढेको बढ्यै छ ।

मलेसिया जान लागेको ऋण चुक्ता भइनसक्दै छोरो घर फर्काउन त्यती नै पैसा लागेपछि उनका वुवा पनि तनावमा छन् । नेपाली अगुवाको विश्वास गर्दा धेरै दुःख पाइयो उनले भने । कसै गरि खतिवडाले लगेको पैसा फिर्ता लिन पाए साहुको ऋणवाट मुक्ती हुने आशा छ उनलाई ।