औजार : आजको औजार दैनिकमा “हिउँदे अधिवेशनमा नामाकरण टुंगो लाग्छः मुख्यमन्त्री” शीर्षकको समाचार छापिएको छ । १ नम्बर प्रदेशको अझै सम्म नामाकरण हुन सकेको छैन । तीन वर्ष अघि प्रदेशसभा र सरकार गठन भएतापनि प्रदेशको नाम अझै टुंगो लाग्न सकेको छैन । १७ माघ २०७४ मा गठन भएको एक नम्बर प्रदेशसभा र ३ फागुनमा गठन भएको सरकारले २२ वैशाख २०७६ मा प्रदेशको स्थायी राजधानी सहमतिमा बहुमतले टुंगो लगाउन सफल भएपनि नाम भने अझै टुंगो लगाउन सकेको छैन । दलहरुसँग सहमति बनाएर सहमति बनाएर प्रदेश सरकारले विराटनगरलाई राजधानी स्थायी राजधानी घोषणा गर्यो । मुख्य प्रतिपक्षी दल कांग्रेसका एक जना सांसद प्रतापप्रकाश हांगामले असहमति प्रकट गर्दा स्थायी राजधानी सर्वसम्मत नभएर बहुमतबाट पारित भएको थियो । दोस्रो हिउँदेअधिवेशन तथा तेस्रो अधिवेशनमा स्थायी राजधानी टुंगो लगाएको प्रदेशसभाबाट चौथो तथा चालु वर्षे अधिवेशनमा प्रदेशको नामाकरण टुंगो लगाउने बताएको थियो । । तर नामाकरण टुंगो लगाउने प्रस्ताव नै दर्ता नगरी एक नम्बर प्रदेशसभाको वर्षे अधिवेशन सकिएको थियो ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “एक वर्षमा एघार युवती बलात्कृत” शीर्षकको समाचार छापिएको छ । प्रदेश एककै ट्रञ्जिट पोइण्ट रहेको इटहरीमा जघन्य अपराधको ग्राफ बढिरहेको छ । पूर्वी पहाडी जिल्लासँगै अन्य ठाउँबाट बसाइँ सरेर आउनेहरुको संख्या बढेसँगै आपराधिक गतिविधिसमेत बढ्दो अवस्थामा छ । एक वर्षको अवधिमा इटहरी क्षेत्रमा मात्र ११ युवती बलात्कारको शिकार भएका छन् । आइतबार इटहरी १० मा एक महिलाई सफारी चालकहरुले एकान्तमा लगेर सामूहिक बलात्कार गरे । काठमाडौंबाट श्रीमान खोज्दै इटहरी आएकी एक महिला जबरजस्ती करणीको शिकार भएकी छिन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “इनरुवा बसपार्क ‘डेटिङ र एडिक्ट’ स्पट बन्दै” शीर्षकको समाचार छापिएको छ । शहरी विकास मन्त्रालयले घोषणा गरे अनुसारको रकम नदिएपछि रोकिएको इनरुवाको बसपार्क संचालन नहुँदा दुव्र्यसनी र मायाप्रेम गर्नेहरुका लागि उपयुक्त स्थल बन्दै गएको छ । इनरुवा नगरपालिकाले शहरी विकास मन्त्रालयले पूर्व घोषणा अनुसारकोे रकम नगरपालिकालाई नदिएको भन्दै सञ्चालन गर्न चासो नदिँदा आधुनिक बसपार्कको भौतिक संरचना जिर्ण बन्ने खतरा एकातिर देखिएको छ भने जोडिहरुका लागि भेट गर्ने तथा लागूपदार्थ दुर्वयसनीका लागि क्षेत्र बन्दै गएको छ । सुरक्षाका लागि पर्याप्त मात्रामा सीसी क्यामेरा र सोलार बत्तीसमेत जडान गरिएको सुनसान बसपार्क क्षेत्रमा इनरुवा लगायत आसपासका स्थानहरुबाट आउने युवायुवती साथै लागुऔषध दुव्यसनीको अखडाको रुपमा परिणत भएको छ ।