धरान : साहित्य सृजनालाई युवापुस्तामा प्रोत्साहन गर्दै अगाडी बढाउने उद्देश्यका साथ स्थापना भएको कालकुट साहित्यिक मञ्चले आज धरानको फुस्रेस्थित वीपी पार्कमा तरुल साहित्य सम्पन्न गरेको छ ।

मणि राई (गोठाले)को अध्यक्षतामा भएको उक्त कार्यक्रममा बरिष्ठ साहित्य तथा कथाकार शरण राई प्रमुख अतिथि रहेका थिए । उक्त कार्यक्रममा २० भन्दाबढी साहित्यकारहरुले गजल तथा कविता वाचन गरेका थिए । कार्यक्रममा नवराज मैनाली, हेन्सेन याख्खा, श्रेष्ठ परिक्रमा, सुदिप पाख्रिन, सन्तोष थेबे, हिक्मक खड्का, ईन्दु नेपाल योन्जन, प्रफुल्ल भण्डारी, बिष्णु चौलागाईं, गोपाल प्रयास श्रेष्ठ लगायतले आफ्नो प्रतिभा प्रस्तुत गरे ।
माघ एक गतेका दिन तरुल खादै साहित्य भन्दै शुरु गरिएको कार्यक्रममा विशेष अतिथिको रुपमा प्रा.डा. गोपाल भण्डारी, बम देवान, १३ नं. वडा धरानका अध्यक्ष नेत्रप्रसाद काफ्ले, जनजागृती समाजका अध्यक्ष बिष्णु चौलागाईं, कला साहित्य संस्कृती प्रतिष्ठानका संयोजक गोपाल श्रेष्ठ, १३ नं. वडा महिला सदस्य कमला श्रेष्ठ अतिथि रहेका थिए । उक्त कार्यक्रमको संचालन भने कुमार प्रधानले गरेका थिए ।