इनरुवा: दोस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल भोली शनिवार हुनेछ।

फाइनल खेल शनिवार विहान ९ बजे इनरुवा रंगशालामा सुरु हुनेछ। फाइनल खेल्ने दुवै टिम विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छ । आर्मी बिनोद भण्डारीको कप्तानीमा मैदानमा उत्रनेछ भने पुलिस मन्जित श्रेष्ठको कप्तानीमा हुनेछ ।

त्रिभुवन आर्मी साविक विजेता टोली हो । आर्मीले सेमीफाइनलमा प्रदेश नम्बर ३ लाई पराजित गर्दै फाइनल पुगेको थियो भने पुलिसले सुदुरपश्चिमलाई सेमीफाइनलमा पराजित गरेर फाइनल पुगेको हो । आर्मी उपाधि रक्षा गर्ने लक्ष्यमा हुँदा पुलिस पनि च्याम्पियन हुने लक्ष्यको साथ मैदानमा उत्रनेछ । दुवै टिमका कप्तानले प्रि म्याच कम्फ्रेन्समा उपाधि जित्ने दाबी गरेका छन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित ४ लाख ५ हजार रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख ५ हजार पाउनेछ । यस्तै, सर्वोउत्कृष्ट खेलाडीले ५५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही २१ हजार पाउनेछन् ।

criket 1