धरान : चीनको सान्यामा अध्ययनकालागी गएका व्ह्वाईट हाउस धरान, धनकुटा तथा ईटहरीका बिद्यार्थीहरुले भिजिट नेपाल २०२० लेखेको व्यानर सहित सान्याको बिभिन्न भागमा गएर त्यहाका स्थानिय नागरिकलाई भिजिट नेपाल २०२० अंकित व्याच लगाईदिदै आफ्नो देशमा भ्रमण बर्ष २०२० रहेकोले सबैलाई आउन आग्रह गरीरहेका छन ।

चीनीयाँ शहर सान्या विश्व पर्यटनकोलागि प्रमुख गन्तब्य स्थलको रुपमा रहेको छ । सन २०१८ मा मिस नेपाल शृङ्खला खतिवडा सहभागि मिस बल्र्ड २०१८ पनी यही सान्या सहरमा सम्पन्न भएको थियो । विश्व पर्यटनको प्रमुख गन्तब्य स्थल रहेको यस स्थानमा आफ्नो देश नेपालको भ्रमण बर्षको बारेमा प्रचार गर्न पाउदा आफुलाई एकदमै खुशी लागेको सहभागी विद्याथी कुशल श्रेष्ठले वताए । आफुहरुले सान्याका नागरिकहरुलाई नेपाल भ्रमणको निम्तो दिंदा नेपालको बारेमा यहाका नागरिकहरु राम्रो प्रतिक्रिया पाएको अर्का सहभागी बिद्यार्थी अनुशाले जानकारी दिइन ।

बिधार्थीहरु संगै सान्य भ्रमणमा पुगेका कलेजका सिईओ अरुण प्रधानले यहांं आउदा आफ्ना बिधार्थीको बारेमा जानकारी पनि लिने अनि नेपालमा भ्रमण बर्ष भएकोले त्यसको पनि प्रचार गर्ने उदेश्य सहित भ्रमण बर्षको  प्रचार सामग्री पनी साथमा लिएर आएको जानकारी दिए । आफुले पनि नेपालमा भ्रमण बर्ष २०२० मा नेपाल आउन भन्दै मायाको चिनो स्वरुप भ्रमण बर्षको लोगो अंकित नेपालको करुवा सान्या एभिएसन एन्ड टुरिजम कलेजका प्रधानाध्यापक मिस्टर मा ,  बिपिएक्सआई चाईना कि प्रबन्धक मिस हेलन र शिक्षिकाद्वय मिस सुगर र मिस यु जिङ लाई प्रदान गरेका थिए । सुरु सुरुमा खानपिन नमिल्दा केहि असजिलो महशुस भएपनी बिस्तारै बानि पर्दै जादा सबै राम्रो हुने र अध्ययनरत सबै खुशि रहेको कुरा अर्का बिद्यार्थी नारायण प्रसाद घिमिरेले बताए ।