धरान (डेस्क) : ‘भोजपुर ट्रेल रेस’को पाँचौ संस्करण मार्च ७ र ८ मा हुने भएको छ । अल्ट्रा धाविका मिरा राईको गृह जिल्ला भोजपुरमा हरेक वर्ष हुँदै आएको प्रतियोगितामा यसपालि ४ सय खेलाडीले भाग लिने आयोजक मिरा राई इनिसिएटिभले शुक्रबार विज्ञप्ति मार्फत जनाएको छ ।

रेसको दुरी मिराको जन्मस्थल सानोदुम्मादेखि सदरमुकामसम्म ३६ किलोमिटरको हुने जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै चौथो संस्करणको रेसलाई समेटेर सर्जुन राईले निर्देशित वृतचित्र पर्यटन बोर्डको सभाहलमा प्रदर्शन समेत गरिएको थियो । दुरदराजमा रहेका धावकलाई उत्साह तथा अबसर प्रदान गर्दै खेलमार्फत पर्यटन प्रवद्र्धन गर्न रेस गर्दै आएको मिरा राईले बताईन् ।