काठमाडौं : बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनाले शाही परिवारको सदस्यता त्याग गरेका छन् । उनीहरुले शाही सम्बोधनसमेत नगर्ने भएका छन् ।

राजकीय जिम्मेवारीका लागि उनीहरुले सार्वजनिक कोषको प्रयोग पनि नगर्ने बेलायती राजदरबार बकिङ्गहम प्यालेसले जानकारी दिएको छ । यस्तै ह्यारी र मेगनले अबदेखि औपचारिक रुपमा महारानीको प्रतिनितत्व गर्ने छैनन् । द ड्युक एण्ड डचेज अफ ससेक्सले उनीहरुको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २.४ मिलियन पाउण्ड फिर्ता गर्ने जनाइएको छ ।

फ्रोग्मोर कटेज राजकुमार ह्यारी र मेगनको बेलायती पारिवारिक घर रहने राजदरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ । यो वर्षको बसन्तमा भएको प्रयासपछि नयाँ व्यवस्थापन निस्किएको राजदरबारले जनाएको छ ।

ह्यारी दम्पती रचनात्मक काममा लाग्नेमा आफू आशावादी रहेको महारानी एलिजावेथले विस्वास व्यक्त गर्नुभएको बीबीसीले उल्लेख गरेको छ । ह्यारी र मेघनाले उत्तर अमेरिकामा स्वतन्त्र जीवन बिताउने इच्छा राखेको समाचारमा जनाइएको छ ।