इटहरी : इटहरीको बगैंचा टोल विकास संस्थाले आयोजना गरेको आँखा शिविरमा ३ सय ५ जनाले सेवा लिएका छन् । पाथिभरा चस्मा घरको प्राविधिक सहयोगमा गोल्छा अस्पतालका डा. सरबिन्द्र यादवले आँखा जाँच गरेका थिए ।

सेवाग्राही मध्ये ६ जना मोतियाविन्दु २२ जनालाई ऐलर्जीको समस्या देखियो थियो । बगैंचा टोलका अध्यक्ष सुनिल कार्किका अनुसार २३० जनालाई चस्मा लगाउन डाक्टरले सिफारिस गरेका थिए । इटहरी ४ स्थित इटहरी मोडल स्कुलमा आयोजित शिविरमा धेरै सेवाग्राही आएकाले केहि समयपछि पुनः सिविर संचालन गर्ने अध्यक्ष कार्किले बताए ।