उर्लाबारी : मोरङको उर्लाबारी-९ दुर्गापुरीमा २८५६ औं सोनाम ल्होसारको अवसरमा माघ ९ गतेदेखी १४ गतेसम्म ल्होसार महोत्सवको आयोजना गरिने भएको छ ।

नेपाल तामाङ घेदुङ उर्लाबारीको आयोजनामा हुन लागेको महोत्सवमा राष्ट्रिय कलाकार डम्बर नेपाली,ताराप्रकाश लिम्बू, विभिन्न ब्याण्ड तथा राष्ट्रिय कलाकारको आकर्षक प्रस्तुति रहने महोसत्वका उपाध्यक्ष कैलाश थापा मगरले जानकारी दिए ।

महोत्सव सञ्चालन गर्नका लागि प्रेम घिसिङ ‘डाईभर’ को अध्यक्षतमा कार्यक्रमको व्यवस्थापन समिति गठन भएको छ । जसको उपाध्यक्ष कैलाश थापा मगर, सचिवमा सन्तोष योञ्जन र कोषाध्यक्षमा बलराम योञ्जन रहेका छन् । सदस्यहरुमा भुषण सुब्बा, सुर्य योञ्जन, अर्जुन योञ्जन लगायत रहेको छ ।

कार्यक्रममा तामाङ जातिको कलासंस्कृति रहनसहन रितीरिवाज झल्काउने जातिय सद्भावलाई अझ प्रगाण बनाईने महोत्सवका अध्यक्ष प्रेम घिसिङले बताए । महोत्सवको तयारी भएसँगै भब्य र सभ्य रुपमा सम्पन्न गर्न महोत्सव व्यवस्थापन समिति अहोरात्र खटिरहको जनाएको छ ।