पथरी : मोरङको पथरी शनिश्चरे नगरको खेतीयोग्य क्षेत्रको माटोको अवस्थाको परीक्षण गरिएको छ । नगरपालिकाको आयोजनामा माटो तथा मल परीक्षण प्रयोगशाला झुक्का सुनसरीले नगरको कृषकको ३६ स्थानको माटोको परीक्षण गरेको हो ।

घुम्ती माटो परीक्षण प्रयोगशाला अन्तर्गत परीक्षणको सामग्री रहेको बसमा नमूना माटो परीक्षण गरिएको नगरको कृषि शाखा प्रमुख सावित्रा कार्कीले बताईन् । जसमा, अधिकांश माटोमा प्रांगारिक पदार्थ, नाइट्रोजन र पोटासको कमि पाइएको छ । अधिकांश माटोमा अम्लियपन बढी देखिएको परीक्षणमा सामेल माटो विज्ञ दिगम्वर यादवले बताए ।
माटोको उपचार तथा मलखादको मात्राका बारेमा समेत प्रत्येक किसानको माटोको अवस्थासँगैको रिपोर्टमा सिफारिस गरिएको छ ।