मुम्बई : बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो नयाँ हलिउड प्रोजेक्टको घोषणा गरेकी छन् । प्रियंका रिचर्ड मेडेनसँग अमेजनको एक थ्रिलर वेब सिरिज ‘सिटाडेल’ मा काम गर्दै छिन् ।

एभेनजर्स एन्डगेम फेम रुसो ब्रदर्सले यो सिरिज बनाउँदै छन् । यो मल्टिस्टार सिरिज हुने बताइएको छ । रिचर्ड मेडेनलाई बडिगार्ड र गेम अफ थ्रोन्सको अभिनेताका रुपमा चिनिन्छ । प्रियंकाले आफ्नो इन्स्ट्रागाममार्फत यसको जानकारी दिएकी हुन् । प्रियंकाले लेखेकी छन्, ‘नयाँ सिरिजमा सुपर ट्यालेन्टेड रिचर्ड र अविश्वसनिय रुसो ब्रदर्ससँग काम गर्न आतुर छु ।’ सिटाडेल एक बहुस्तरीय फ्रेन्चाइजी हो जसमा भारत, इटली र मेक्सिकोको स्थानीय भाषामा बन्नेछ । यो रिलिज छिट्टै अमेजनमा उपलब्ध हुनेछ । रिचर्ड र प्रियंकाका पति निक जोनसले पनि उनलाई बधाई दिएका छन् । निकले लेखेका छन्, ‘बधाई ...यो सिरिज हेर्न आतुर छु प्रियंका ।’

priyanka

चोपडाले हालै ‘दि स्काई पिंक’ को सहनिर्माण गरेकी थिइन् । उनी छिट्टै राजकुमार रावसँग नेटफ्लिक्सको वेब सिरिज ‘दि ह्वाइट टाइगर’मा पनि देखिदै छिन् । प्रियंकाले यो वर्ष वेब सिरिज निर्माण पनि गर्दै छिन् ।