उदयपुर: उदयपुरको कटारी नगरपालिका १० राम्चेका ६६ बर्षीय बल बहादुर सुनुवारको कुटपिटबाट मृत्यु भएको छ ।

सोमवार राती ९ बजे स्थानीय ४४ बर्षीय केबल बहादुर सुनुवारसँग मृतक बलबहादुरको विवाद भएको थियो । विवादकै क्रममा कुटपिट हुदा बल बहादुर घाईते भएका थिए । घाईते उनलाई उपचारको लागी कटारी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा आज दिउँसो २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने केबल बहादुरलाई ईलाका प्रहरी कार्यालय कटारीको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।