मुम्बई : राजकुमार हिरानीले ‘सञ्जु’ पछि अहिलेसम्म कुनै फिल्म घोषणा गरेका छैनन् । शाहरुख खानले पनि ‘जिरो’ पछि कुनै फिल्म गर्ने हिम्मत गरेका छैनन् । शाहरुखका फ्यान उनको नयाँ फिल्मको प्रतीक्षामा छन् । सोसल मिडियामा उनीहरू यसको माग गरिरहेका छन् ।

शाहरुखसँग ३५ भन्दा धेरै स्क्रिप्ट छन् । अहिले उनी राजकुमार हिरानीको फिल्मका लागि तयारी गरिरहेको खबर आएको छ । बलिउड सूत्रअनुसार हिरानी र शाहरुखबीच फिल्म गर्ने समझदारी भएको छ । शाहरुखलाई लिएर फिल्म बनाउन हिरानी लामो समयदेखि कुरिरहेका थिए। शाहरुखलाई लिएर बनाउने फिल्म लभस्टोरीमाथि हुने बताइएको छ ।

शाहरुखलाई रोमान्सका बादशाह भनिन्छ। यो फिल्मको स्टार कास्ट पनि तय भएको काजोल र करिना कपुर खान यो फिल्ममा हिरोइन हुनेछन् । काजोलको अभिनयबाट हिरानी प्रभावित छन् । काजोललाई मनाउन शाहरुखको हात छ । शाहरुख काजोलको जोडी मन पराइन्छ ।

दुवैले बाजीगर, दिलवाले दुल्हनिया ले जाएंगे, करण अर्जुन, कभी खुसी कभी गम, कुछ कुछ होताजस्ता सुपरहिट फिल्म दिएका छन् । हिरानी यो जोडीलाई आफ्नो फिल्ममा लिन चाहन्छन् । करिना पनि यो फिल्मको हिस्सा रहने छिन् । उनले हिरानीसँग ‘थ्री इडियट्स’ गरेकी थिइन् । करिना, शाहरुख र काजोललाई हिरानीको फिल्ममा हेर्न आकर्षक अनुभव हुनेछ । किङ खानका फ्यान यो फिल्म घोषणा भएको सुन्न आतुर छन् ।