ऐजेन्सी :बलिउड अभिनेत्री आलिया भट्ट घाइते भएकी छन् ।

उनी ‘ब्रह्मस्त्र’ फिल्मको सुटिङका क्रममा घाइते भएको जनाएको छ । उनको खुट्टामा चोट लागेको छ ।

उनको बिहीबार बिहान मुम्बइको एक निजी क्लिनिकमा उपचार गरिएको छ । खुट्टामा गहिरो चोट लागेकाले बैशाखीको सहरा लिन चिकित्सकले सल्लाह दिएका छन् ।

उनी बैशाखी टेकेर बाहिरिदै गरेका तस्वीरहरु मिडियामा आएका छन् । आलिया सुटिङको क्रममा घाइते भएपछि अभिनेता रणवीर कपुरले क्लिनिकमा ल्याएका थिए ।

यो फिल्ममा आलिया र रणवीरको अभिनय रहेको छ । यो फिल्म अर्को वर्षको क्रिसमसमा रिलिज हुने छ ।