धरान: ‘घर आँगन होस् या सडक किनारा, रोपी स्वदेशी फुल बिरुवा बनाऔं प्रदेश हराभरा’ भन्ने मुल नाराका साथ धरानमा प्रदेश १ स्तरीय पुष्प व्यापार तथा प्रदर्शनी मेला हुने भएको छ ।

फ्लोरीकल्चर एशोसिएशन नेपाल सुनसरीको आयोजनामा यही माघ २९ गतेदेखि ४ गतेसम्म चौथो पुष्प व्यापार तथा मेला हुने भएको हो । पाँच दिने मेला यसपाली धरान १२ स्थित पब्लिक हाईस्कुलको खेल मैदानमा हुनेछ । विगतमा भने अमान बजारमा मेला आयोजना हुदै आएको थियो । आयोजकले सोमबार होटल सन्ध्या इनमा पत्रकार सम्मेलन आयोजना गर्दै मेलामा ५० वटा व्यावसायिक स्टलहरु रहने जानकारी दिएको छ । मेला संयोजक कल्पना लिम्बुका अनुसार मेलामा मौसमी फूल, आलंकारीक बिरुवा, सुनाखरीलगायत करिब ५ सय प्रजातिका फुलका विरुवा र फलफुलका विरुवा प्रदर्शनी तथा विक्रीका लागि राखिने छन् ।

यस्तै, मेलामा बिउविजन, कृषि औजार, उपकरण, कम्पोष्ट मल र कृषिमा प्रयोग हुने विभिन्न विषादीहरुको प्रदर्शनी तथा विक्री कक्ष रहने छ । मेलामा ग्राकहरुको चाहानालाई मध्यनजर गदै नेपालमा नै उत्पादन गरिएको सेरामिक गमला समेत राखिने संयोजक लिम्बूको भनाई छ । ‘हामीले मेलामा यसपटक नेपालमा नै उत्पादन गरिएको सेरामिक गमला पनि उपलब्ध गराउदैछौं,’उनले भनिन्,‘ग्राहक वर्गको चाहना अनुसार नयाँ–नयाँ फुलका आइटम राख्ने प्रयास गदैछौं ।’ उनले मेलामा प्रतिगोटा ३० रुपैयाँदेखी ५० हजारसंम्मको फुल तथा आलाङकारीक बोट विरुवाहरु प्रदर्शनी तथा विक्रीका लागि राखिने बताइन् ।

S1600007

मेलामा एउटा स्टल व्यावसायीहरुको लागि आफुले उत्पादन गरेको फुलको प्रतिस्पर्धाको लागि राखिने आयोजकले जनाएको छ । यस्तै, धरानका उत्कृष्ट घर, उत्कृष्ट टोल र उत्कृष्ट वडा घोषित गरी पुरस्कृत समेत गरिने आयोजकले जनाएको छ । एशोसिएसनका सुनसरी जिल्ला सदस्य प्रेम प्रसाद पराजुलीका अनुसार मेला अवधिभर करिब ७० लाखको व्यावसायिक कारोबार गर्ने र ५० हजार बढीले मेलाको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलामा प्रदेश १ भरीका फुल किसानहरुले आफुले स्थानीयस्तरमा उत्पादन गरेको फुल तथा विभिन्न विरुवाहरु प्रदर्शनी तथा विक्रीका ल्याउने उनले बताए । पराजुलीले भने,‘मेलामा प्रदेश १ भरीका फुल कृषकहरु आफ्नो उत्पादनसहित आउनुहुन्छ, अन्य विभिन्न जिल्लाबाट पनि कृषकहरुको सहभागीता हुन्छ ।’ उनले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गदै आएको स्पष्ट पारे । साथै उनले ग्राहकहरुको चाहाना अनुसार अन्य देशबाट आयातित फुलका विरुवाहरु समेत बिक्रीका लागि राखिने बताए ।

मेलाको आयोजनाले व्यावसायीहरुबीच अनुभव साटासाट गर्न सजिलो हुने एशोसिएशनका सुनसरी अध्यक्ष खगेन्द्र पराजुलीले बताए बताए । उनले विभिन्न ठाउँबाट आएका व्यापारीसंग प्रत्यक्ष भेटघाट हुँदा व्यापारीक सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने बताए । ‘व्यावसायीहरुबीच अनुभव साटासाट गर्न र व्यापारीक सम्बन्ध विकास गर्न सजिलो हुने रहेछ,’उनले भने,‘ग्राकहरुसँग पनि प्रत्यक्ष भेटघाट हुँदा व्यापार गर्न सजिलो भएको छ, अरुबेला पनि फोन कन्ट्याक्ट गरेर फुलका विरुवा लिन आउनुहुन्छ ।’ एशोसिएसन सुनसरीको तथ्याङक अनुसार प्रदेश १ मा ६५ भन्दा बढी पुष्प नर्शरी रहेको र बार्षिक १३ करोड बढीको कारोबार हुने गरेको छ ।

flower-exibition